Bangladeshi National Arrested in Siliguri for Illegal Entry

सिलगढ़ी भारतमा अवैध रूपमा प्रवेश गर्ने बङ्गलादेशी नागरिक पक्राउ

कालेबुङ खबर सिलगढ़ी, २८ मई — भारतको पश्चिम बङ्गालस्थित सिलगढ़ीको बाघडुग्राको बेगडुबी सेना छाउनीनजिक एक बङ्गलादेशी नागरिक शङ्कास्पद अवस्थामा फेला परेका छन्। पक्राउ पर्ने व्यक्ति बङ्गलादेशको दिनाजपुर जिल्लाको डामि लीपुर निवासी अजिजुल इस्लाम हुन्।

बुधवार बिहान करिब ५ बजेतिर एमईएस मोड़ क्षेत्रमा शङ्कास्पद रूपमा घुमिरहेको देखिएपछि भारतीय सेनाले उनलाई नियन्त्रणमा लिएको हो। प्रारम्भिक सोधपुछपछि उनले नदी पार गरेर भारतमा अवैध रूपमा प्रवेश गरेको स्वीकार गरेका छन्।

प्रहरी स्रोतका अनुसार अजिजुल इस्लामले सालबारी क्षेत्रको खुला ठाउँमा रात बिताएपछि बेङ्गडुबी क्षेत्रमा प्रवेश गरेका थिए। उनले कुनै वैध प्रवेश कागजात नदेखाएको र उनका भनाइमा पनि अनेक विसङ्गति देखिएपछि सेनाले थप अनुसन्धानका लागि उनलाई पक्राउ गरेको हो।

पक्राउपछि उनलाई भारतीय सेनाले स्थानीय प्रहरीको जिम्मा लगाएको छ। घटनासँग सम्बन्धित थप अनुसन्धान जारी रहेको सुरक्षा निकायहरूले जनाएका छन्।

यस प्रकारको घटनाले सीमापार सुरक्षा व्यवस्थाबारे थप चासो उत्पन्न गराएको छ। सुरक्षा निकायहरूले सीमावर्ती क्षेत्रमा निगरानी अझै कडा बनाउने जनाएका छन्।